
काठमाडौं । नेपाली बजारमा एकैदिन सुनप्रतिताेलामा ८ हजार १ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे हाे । जुन सुनकाे मूल्य हालसम्मकै उच्च हाे।
सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेका कारण स्थानीय बजारमा पनि यसको असर देखिएको हो ।
यसैबीच चाँदीको मूल्य मंगलबार १ सय ५ रुपैयाँले बढेर तोलामा ३ हजार ३ सय २५ रुपैयाँमा कारेाबार भएकाे छ। सोमबार चाँदी तोलामा ३ हजार २ सय २० रुपैयाँमा काराेबार भएकाे थियाे।
चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेकाे महासंघले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्