
जितेन्द्र भण्डारी
पाँचथर । पाँचथरको फिदिमका चुणामिण बास्कोटा मनमा दृढ इच्छाशक्ति भयो भने सिर्जनशीलता प्रयोग गरेर पनि राम्रो कमाई गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् । मलेसियाको वैदेशिक रोजगारीका क्रममा दुर्घटनामा परेर फर्किन बाध्य भएका बास्कोटाले बाँसका विभिन्न सामग्री बनाएर मनग्ये आम्दानी गर्न सफल भएका हुन् ।
नेपाल फर्किएपछि आफ्नो परिवारको जीवीकोपार्जन कसरी गर्ने, छोरीहरुलाई शिक्षादिक्षा कसरी दिने भन्ने विषयले बास्कोटाको मन पिरोलिएको थियो । बास्कोटा बाँसका सामाग्री बनाएर भएपनि घर-खर्च जुटाउने मनसायले सहयोग माग्न,सीप सिक्न भनेर घरेलु उद्योग विकाश समितिको कार्यालय पाँचथर गएका थिए। तर उनलाई कार्यालयले हौसल्लाह दिएर सहयोग सहकार्य गर्नु त कता हो कता, सपांग ब्यक्तिले त बाँसका सामाग्री बनाएर बिक्री गर्न सक्दैनन् भने तपाई औंला नै गुमाएका ब्यक्तिले यो कार्य गर्न सक्नुहुँन बरु विकल्पमा अरु नै ब्यवसाय रोज्नुहोस् भनेर फर्कायो ।
तर बास्कोटा कति पनि निराश र विचिलित नभईकन,आफ्ना कला र सिर्जना,क्षमता,प्रतिभा प्रस्फुटन गर्ने आफ्नो हुटहुटीलाई थप उच्च मनोवलका साथ आफ्नो एक्लो प्रयासमा भएपनि बाँसका विभिन्न कलात्मक सामाग्री बनाएर बजार सम्म लगेर ग्राहकलाई बिक्री गरेरै छोडे ।
अन्तोत्वगोत्व २०६२ साल फागुन २ गते बाट उनले बाँसका विभिन्न कलात्मका सामाग्री बनाउने ब्यवसाय शुरु गरेका थिए । पहिलो पल्ट उनले एउटा बाँसको हेंगर बनाएर १ सय ६० रुपैयामा बिक्री गर्दा खुशीको सीमा नरहेको बताउँछन् । अहिले उनका घरमा बासँका विभिन्न सामग्रीहरु बनाएर राखेका छन् । उनले बनाएका बाँसका सामाग्रीको माग अधिक छ, फोन गरेर अर्डर गर्ने देखि घरमै खोजेर लिन आउने गरेका छन् ।
बास्कोटा फिदिम बजारमा लाग्ने शनिबार हटिया बजारमा लगेर समेत बिक्री गर्दछन् भने उनले बनाएका ती सामग्रीहरु छिमेकी जिल्लाहरु इलाम, ताप्लेजुङ र झापा हुँदै तराईका जिल्लाहरु काठमाडाैंसम्म जाने गरेको छ । टेबल,जुता र्याक,आल्ना,सोफा सेट,लुगा राख्ने हेंगर,कुर्सी,खानाखाने टेबल,जस्ता सामाग्री गरी उनले अहिले १ सय वटा बाँसका सामाग्री बनाउँदछन् । उनले बनाएका सामाग्रीहरु गोदाम गर्नु परेको छैन्,सबै बिक्री हुन्छन्।
भीर पाखा पखेरा-खोल्सीमा पाइने बाँसलाई संकलन गरी आफ्नो कलात्मकता सिर्जनशीलता पस्केर उनले ग्राहकको मन जित्दै राम्रो कमाई गर्न सफल भएका छन् । उनले यहीं पेशाबाटै घर बनाएर ५ जनाको परिवार पाल्दै आएका छन् । ३ जना छोरीहरुलाई यहिँ पेशाबाटै शिक्षादिक्षा तथा पालनपोषण गरेका छन् । अहिले बास्कोटा आफू मात्रै ती सामाग्री बनाउँदैनन् प्रशिक्षण समेत दिन पाँचथरका ग्रामिण भेगदेखि देशका मुख्य शहरहरुमा गएर प्रशिक्षण दिन्छन् ।
२०७२ सालमा उनी मेचीमहाकाली अभियान्ता हुन सफल भएँ, काठमाडाैं भृकृटीमण्डबाट दोस्रो स्थान हासिल गर्न समेत सफल भएँ । उनलाई पछिल्लो समय केहीं सरकारी कार्यालयको थोरबहुत सहयोग छदैंछ । तर पनि अहिलेको नवीनतम प्रविधि बाँस खुर्कने मेसिन र उनलाई काम गर्न सहयोग पुग्ने कटेरोको आवश्यकता रहेको बास्कोटा बताउँछन् ।
बास्कोटा इच्छाशक्ति भए गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् । बास्कोटा एउटा प्रेरणाका श्रोत बनेका छन् । बास्कोटाबाट अन्य धेरै बेरोजगार युवाहरुले सिक्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्