Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग नेविसंघकाे माग


611
Shares

काठमाडाैं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी स‌घ (नेविसंघ) ले निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

काठमाडौंमा साेमबार पत्रकार सम्मेलन गरी संघका सभापति दुजाङ शेर्पाले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले पनि लिनुपर्ने भएकाले उनीहरुमाथि अनुसन्धान गरी दोषी देखिएर कारबाही गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले जेनजी आन्दोलनको पहिलो दिन गत भदौ २३ गते नै बढी मानवीय क्षति भएकाले आफूहरुले सोही दिन नै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा मागेको पनि स्पष्ट पार्नुभयो।

सभापति शेर्पाले सोही आन्दोलनको नेतृत्वकर्ताका रुपमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह देखिएको उल्लेख गर्दै सिंहदरबार जलाउने लगायतका घटनाका विषयमा शाहमाथि पनि अनुसन्धानको काम तत्काल अघि बढाउन सरकारलाई दबाब दिनुभएकाे छ।

नेविसंघले पत्रकार सम्मेलनमा यहि असोज २८ गतेबाट जेनजी आन्दोलनमा भएका आगजनी, तोड्फोड र लुटपाटमा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गर्दै प्रदर्शनमा उत्रने चेतावनी समेत दिएको छ ।