Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


सन्तोषीको राष्ट्रिय कीर्तिमान


0
Shares

काठमाडौं ।
नेपालकी ‘गोल्डेन गर्ल’ तथा ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले विश्वका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको प्रतिष्ठित दिल्ली हाफ म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

उनले १ घण्टा १५ मिनेट ४ सेकेण्डमा रेस पूरा गर्दै अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणित कोर्समा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । दिल्ली हाफ म्याराथन एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्ट्यान्स रेस (एम्स) बाट प्रमाणित प्रतियोगिता हो । रेस रिजल्ट अनुसार समग्र महिला धाविकाबीच नेपालकी सन्तोषीले १२ औं स्थान हासिल गरेकी छिन् ।

सन्तोषीको नाममा यसअघि एम्स प्रमाणित बंगलादेशको बंगबन्धु म्याराथनमा हाफ म्याराथनतर्फ १ घण्टा १५ मिनेट १६ सेकेन्डको कीर्तिमान रहेको थियो ।

यद्यपी नेपालको प्रोटिन रनमा १ घण्टा १४ मिनेट १४ सकेण्डमामा रेस पूरा गरेको राष्ट्रिय कीर्तिमान पनि उनकै नाममा छ । तर प्रोटिन रन अन्तर्राष्ट्रिय रुपमा प्रमाणित कोर्स भने होइन । सन्तोषीले दिल्ली हाफ म्याराथनमा इन्टरनेशनल वुमन एलिट क्याटोगोरी अन्तर्गत अन्तर्राष्ट्रिय खेलाडीहरुसँग प्रतिस्पर्धा गरेकी हुन् । जसमा केन्याली धाविका लिलियान कसैटले उपाधि जितेकी छिन् ।