Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


धनकुटामा ट्रक दुर्घटना हुँदा २ जना गम्भीर घाइते


117
Shares

काठमाडौं ।

धनकुटा नगरपालिका ९ पाँच गोलाईमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा ट्रकका चालक उदयपुरको उदयपुरगढी गाउँपालिका-५ बस्ने २६ वर्षीय नारायण खड्का र सहचालक उदयपुरकै रानीटारका २० वर्षीय दिनेश कार्की रहेका छन् ।

आइतबार राति २ बजे धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३क ६९०६ नम्बरको मिनि ट्रक सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएकाहरूला सशस्ब प्रहरी बलको विपद् व्यवस्थापन बेश मुलघाटबाट खटिएको टोली र प्रहरीको टोलीले उद्धार गरेको हो । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।