Logo ३१ आश्विन २०८२, शुक्रबार | Sat Oct 18 2025


सुनचाँदीको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?


793
Shares

काठमाडौं । साताको पहिलो कारोवार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आइतबार सुन तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।

यसअघि शुक्रबार प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ३ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।