
एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा गाजा युद्धविराम सम्झौतामा हस्ताक्षर समारोहमा उपस्थित हुन प्रयास गर्ने बताउनुभएको छ ।
सोमवार वा मंगलवार वन्धकहरूलाई फिर्ता ल्याउने बताउँदै त्यो खुशीको दिन हुने बताउनु भयो । युद्धविरामको प्रतिनिधिमुलक हस्ताक्षर भइसकेको भएपनि आधिकारिक हस्तक्षर अब हुने बताउनु भयो ।
इजरायल र हमासले सोमवार इजिप्टको रेड सी रिसोर्ट शहर शर्म अल–शेखमा गाजा युद्धविराममा अप्रत्यक्ष वार्ता शुरु गरेका थिए । ट्रम्पले बुधवार ट्रुथ सोशलमा इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको उल्लेख गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्