
एजेन्सी । इजरायल र गाजाबीच युद्धविराम सहमति भएको छ ।
इजरायली मन्त्रिपरिषद् बैठकले उक्त युद्ध विराम सम्झौता अनुमोदन गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको २४ घण्टाभित्र गाजामा युद्धविराम सुरु हुने बताइएको छ ।
इजरायल र हमासले बिहीबार इजिप्टमा सम्झौताको पहिलो चरणमा हस्ताक्षर गरेका थिए । युद्धविरामसँगै, हमासले इजरायली बन्धकहरूलाई रिहा गर्ने; इजरायलले सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने; इजरायली सेना गाजाका भागहरूबाट फिर्ता हुन थाल्ने र सहायता ट्रक गाजामा प्रवेश गर्ने बताइएको छ ।
इजरायलले युद्धविराम सुरु भएको ७२ घण्टा भित्र बन्धकहरूको रिहाइ सुरु गर्ने दाबी गरिएको छ । योसंगै आगामी सोमबारदेखि बन्धकहरु रिहाइ थालिने आशा गरिएको छ । युद्धविरामको घोषणासंगै गाजामा रहेका प्यालेस्टिनीहरू र इजरायलमा रहेका बन्धक परिवारहरूले उत्सव मनाइरहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यो युद्धविराम हो, शान्ति सम्झौता होइन, तर पनि यसलाई महत्वपूर्ण कदमका रुपमा विश्लेषण गरिएको छ । पूर्णरुपमा शान्तिका लागि अझै थुप्रै जटिल विषयहरु रहेको र वार्ताबाट समाधान गरिनुपर्नेमा जोड दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्