
काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छोए मात्रै देशैभरी आगो बल्ने चेतावनी दिनुभएकाे छ।
भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई यस्तो चेतावनी दिनुभएकाे हाे । उहाँले भन्नुभयाे,-‘एमाले अध्यक्ष ओली र महेश बस्नेत छाति फर्काएर हिँड्दैनन्। हिजो राणा, पञ्च र शाही शासन माओवादीलाई युथफोर्स बनाएर कान्छी औलाको भरमा लडेको महेश बस्नेतको टोली हो ।’
उहाँले अहिले हावाका भरका जेनजी नामका नौटंकीहरुले च्यालेन्ज गरेर गृहमन्त्री अर्याल हाहुमा लागे सावधान हुन समेत आग्रह गर्नुभयाे । भ्रष्टचारीलाई छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको समेत उहाँकाे भनाइ छ। उहाँले मन्त्री अर्याललाई हाम्रा बारेमा पनि छानबिन गर्न, तर नेपालको १ नम्बर भ्रष्टाचारी ऊर्जामन्त्री कुलमान घिसिङ बाट थाल्नुपर्ने, अर्थमन्त्री रामेश्वर खनालको पैसा कहाँबाट आयो भन्दै प्रश्न गर्दै काठमाडाैंका मेयर बालेन शाह र जेनजीका संयाेजक सुदन गुरुङलाई पहिला छानबिन गर्न आग्रह गर्नुभयाे।
युवासंघले यहि असोज २५ गते मोटरसाईल र्याली गरेर आफ्नो शक्ति देखाउने नेता बस्नेतले चेतावनी दिनुभयाे।
प्रतिक्रिया दिनुहोस्