Logo २३ आश्विन २०८२, बिहिबार | Thu Oct 9 2025


सिरियामा साढे २४ लाख बढी बालबालिका विद्यालयकाे पहुँच बाहिर

१० लाख बढी बालबालिका विद्यालय छोड्ने जोखिममा

130
Shares

एजेन्सी। सिरियामा २४ लाख ५० हजार भन्दा बढी बालबालिका अझै पनि विद्यालयको पहुँच बाहिर रहेको पाइएको छ।

युनिसेफले देशैभरी १० लाख भन्दा बढी बालबालिका विद्यालय छोड्ने जोखिममा रहेको जनाएकाे हाे । युनिसेफले सिरियाको शिक्षा प्रणालीले वर्षौंको युद्ध, विस्थापन र आर्थिक कठिनाइका कारण गहिरो चुनौतीहरूको सामना गरिरहेको युनिसेफले जानकारी दिएकाे छ।

सिरियाका लागि युनिसेफका उप–प्रतिनिधि जेनब आदमले विद्यालय बाहिर रहेका बालबालिका, क्षतिग्रस्त विद्यालय र अत्यधिक तनावग्रस्त शिक्षकहरू राष्ट्रव्यापी शिक्षा पुनस्र्थापित गर्न सबै भन्दा ठूलो चुनौती रहेकाे बताउनुभयाे। अधिकांश विस्थापित परिवारहरू घर फर्किएसँगै विद्यालय शिक्षा र पूर्वाधारको माग बढ्दै गएको छ। जसले पहिले नै कमजोर प्रणालीमा थप दबाब दिइरहेको छ ।

देशको राजनीतिक संक्रमण अघि, ७ हजार २ सय भन्दा बढी विद्यालयहरू क्षतिग्रस्त वा नष्ट भएकाे युनिसेफको अनुमान छ।