
काठमाडौं। अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ८ बजेसम्मको जानकारी अनुसार देशैभरीका ९ स्थानका सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका हुन् । ३ वटा सडकखण्ड भने एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् ।
कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-एकुवामा सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएकाे हाे । बाढीले इलामको मेची राजमार्ग अन्तर्गत रहेका इलाम नगरपालिका-९ राजदुवालीलगायतका स्थानहरू पूर्ण रुपमा अवरूद्ध भएको छ ।
पाँचथरको तमोर करिडोर अन्तर्गत रहेका पाँचथर तुम्वेवा गाउँपालिकाको नावाखोला सडक पूर्णरुपमा बन्द रहेको प्रहरीले बताएको हाे ।

प्रतिक्रिया दिनुहोस्