Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


शिक्षा सम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्री पुनकाे ३ बुँदे निर्देशन


1.5k
Shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिनुभएकाे छ।

मन्त्री पुनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत यस्ताे निर्देशन दिनुभएकाे हाे। उहाँले बुधबार बसेको बैठक र दिएको निर्देशन बताउदै ३ वटा बुँदा सार्वजनिक गर्नुभएकाे छ। नास्टमा २ घण्टासम्म छलफल र ल्याबहरूकाे अवलोकन गरिएकाे बताउदै उहाँले ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्टाएको पाएकाे बताउनुभयाे।

नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यसै हप्ताभित्र दिन सबैलाई निर्देशन समेत उहाँले जानकारी गराउनुभएकाे छ। भवन र ल्याबहरू उच्च कोटीकाे रहेकाे र साेही अनुसारको उच्चकोटीको काम हुनु पर्ने कुरामा जोड दिएकाे उहाँकाे भनाइ छ।

मन्त्री पुनकाे ३ बुँदे निर्देशन: