Logo २२ आश्विन २०८२, बुधबार | Wed Oct 8 2025


आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई एमाले नेता बस्नेतकाे चुनाैती


793
Shares

काठमाडाैं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिनुभएको छ ।

एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साईबर व्यूरोमा बयान दिए लगत्तै बुधबार उहाँले पत्रकार सम्मेलन गरी आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिनुभएको हो । नेता बस्नेतले आफूहरुले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने बताउनुभयो ।

नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि आशंका उत्पन्न भएको बताउनुभयो ।