
काठमाडाैं । मलेसियाविरुद्धको ५ खेलको टि-२० महिला क्रिकेट अन्तर्राष्ट्रिय श्रृंखलाको उपाधि नेपालले जितेको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बुधबार सम्पन्न भएकाे अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेकाे हाे । टस जितेर व्याटिङ रोजेको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रन बनाएकाे थियाे। मलेसियाको लागि विनिफ्रेडले सर्वाधिक ४० रन बनाउँदा नेपालका राजमती ऐरी र कविता कुँवरले समान ३-३ विकेट लिएका थिए।
जवाफमा १ सय ४ रनको सामान्य लक्ष्य नेपालले १८ औं ओभरमा ५ विकेटको क्षतीमा पूरा गरेकाे थियाे। नेपालको जितमा रुबी पोद्दारको २६ रन तथा पूजा महतोले २३ रन बनाएकी हुन्। आगामी जनवरीमा घरेलु मैदानमा महिला टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप मलेसियासँग मैत्रीपूर्ण श्रृंखला खेलेको हो ।
प्रतिक्रिया दिनुहोस्