Logo २१ आश्विन २०८२, मंगलबार | Tue Oct 7 2025


आगामी निर्वाचनका लागि आवश्यक स्राेत-साधन उपलब्ध गराउन सरकार प्रतिवद्ध छ: निर्वाचन आयोग


234
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि निर्वाचन आयोगले निर्वाचन समयमै गराउने कुरामा थप इँट्टा थपेको बताएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा मंगलबार आयोगका निर्वाचन आयुक्त र प्रधानमन्त्री कार्कीबीच छलफल भएको हो । अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसँगको छलफलमा निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति, स्राेत-साधन, आँकलन गरिरहेको र त्यसको एउटा प्रक्षेपण गरेर श्रोत साधनको लागि सरकारसँग आयोगको तर्फबाट अवगत गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

उहाँले सरकारको तर्फबाट आयोगलाई सबै स्राेत-साधन उपलब्ध गराउने प्रतिवद्धता भएको बताउनुभएकाे छ। आगामी दिनमा निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफल, समन्वय, सहकार्यलाई थप सघन बनाउने र हरेक नागरिकलाई निर्वाचन अभियानसँग जोड्ने गरी अघि बढ्ने समझदारी भएको उहाँले बताउनुभयो ।

प्रवक्ता भट्टराईले सरकार र निर्वाचन आयोगको तर्फबाट राजनीतिक दलहरुसँग छलफल अघि बढाइने बताउनुभयो ।