
काठमाडौं । गत भदाै २३ र २४ गते जेनजी युवाकाे आन्दोलनका क्रममा घाइते भएका ३० जना देशका विभिन्न अस्पतालहरू उपचाररत रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल देशैभरीका १२ वटा अस्पतालमा ३० जना घाइतेहरूकाे उपचाररत रहेकाे जनाएकाे हाे ।मन्त्रालयको पछिल्लो विवरण अनुसार २ हजार ३ सय ९६ घाइते मध्ये २ हजार २ सय ३७ जना उपचार गराएर घर फर्किसकेका छन् । आन्दोलनमा क्रममा ४९ जनाको अस्पतालमा मृत्यु भएको थियो ।
घाइते उपताररत अस्पताल:
सिभिल सर्भिस अस्पताल- १, राष्ट्रिय ट्रमा सेन्टर–११, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल-३, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल-५, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान-१, नेपाल प्रहरी अस्पताल-१, कीर्तिपुर अस्पताल-१, बी एन्ड बी अस्पताल सातदोबाटो-३, ह्याम्स अस्पताल-१, विराटनगर मेडिकल कलेज शिक्षण अस्पताल-१, नोबेल मेडिकल कलेज शिक्षण अस्पताल-१ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान-१ जना गरी कूल ३० जना घाइतेकाे उपचार जारी रहेकाे मन्त्रालयले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्