Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


काभ्रेमा रोशी खोलाले बगाएर एक महिलाको मृत्यु


416
Shares

काठमाडाैं। काभ्रेमा रोशी खोलाले बगाएर एक जना महिलाको मृत्यु भएको छ ।

रोशी खोलाले बगाएर तेमाल गाउँपालिका-८ की ५७ वर्षीया ल्होमो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएकाे हाे। रोशी खोलामा आएको बाढीले आफ्नो खेत बगाए-नबगाएको हेर्न जाँदा खोला तर्ने क्रममा तामाङलाई बगाएको प्रहरीले बताएकाे छ।

तामाङको शव स्थानीयले खोलाबाट निकालेर सर्जिवन गर्ने क्रममा रहेको प्रहरीले बताएकाे हाे। यसअघि आइतबार मात्रै काभ्रेमै सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर काभ्रेको रोशीमा एक महिलाको मृत्यु भएको थियो ।