Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


बडा दशैंको बिदा सकिएसँगै सिंहदरबारमा चहलपहल बढ्दै


273
Shares

काठमाडाैं। नेपालीहरुको महान पर्व विजया दशमीको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा चलहपहल बढ्न शुरु भएको छ ।

सिंहदरबारसहित देशका सरकारी कार्यालयहरुमा चहलपहल बढ्न शुरु भएको हो । यस वर्ष यहि असोज १६ गते दशैंको टीका रहेको थियो । त्यसपछिका ५ दिन कोजाग्रत पूर्णिमा साेमबारसम्म दशैंको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो ।

अब दशैंको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा कर्मचारीहरुको चहलपहल बढ्न शुरु भएको हो । सिंहदरबारमा पनि कर्मचारीहरु आएर आफ्नो काम शुरु गरिसकेका छन् । दशैंमा सुनसान बनेको सिंहदरबारमा चहलपहल बढेको छ ।