
काठमाडाैं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक जारी रहेकाे ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो १ बजेदेखि बैठक जारी रहेकाे हाे । साेही बैठकमा पछिल्लाे राजनीतिक र समसामयिक घटना क्रमकाे बारेमा छलफल हुने भएकाे छ।
साथै मनसुनजन्य विपद प्रतिकार्यको तयारी र सरकारको भूमिकाकाे बारेमा समेत बैठकमा छलफल हुने माओवादी केन्द्रले जनाएकाे हाे । देशलाई मनसुनजन्य विपदले तहसनहस पारेको समयमा पार्टीको सचिवालय बैठक बसिरहेकाे छ।
प्रतिक्रिया दिनुहोस्