Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


सप्तकोशी नदीकाे बाँध जोखिममा, पानीको बहाव बढ्दो क्रममा


1.9k
Shares

काठमाडाैं । सप्तकोशी नदीमा पानीको बढ्दो चापका कारण बाँध जोखिममा परेको छ ।

निरीक्षणमा गएका प्रदेशका आन्तरिक मामिला मन्त्री रेवती भण्डारीले चतरातर्फबाट पानीको बहाव बढेको र पानी मापनमा चाप बढेका कारण बाँध जोखिममा रहेको बताउनुभएकाे हाे । यद्यपि,जोखिम न्यूनीकरण तथा सम्भावित क्षति नियन्त्रणका निम्ति नेपालतर्फको व्यवस्थित तयारी रहेको मन्त्री भण्डारीले बताउनुभयाे।

भारततर्फबाट पनि उत्तिकै सगजता अपनाइएका कारण मानवीय तथा भौतिक क्षति नियन्त्रण काबुभित्रै रहने विश्वास उहाँले व्यक्त गर्नुभएकाे छ। नेपालतर्फ बाँध फुटेमा कोशी गाउँपालिकाका बासीन्दा प्रभावित हुने स्थानीयले बताएका हुन् । भारततर्फ बाँध भत्किए सुपौल, अररिया, भागलपुर, पूर्णिया, मधेपूरा र सहर्षा जिल्ला पूर्ण रुपमा प्रभावित भएका छन्।

आइतबार साँझ ५ बजे पानी मापन गर्दा सप्तकोशीमा ५ लाख ३० हजार क्यूसेक पानी थियो । फेरी साँझ ६ बजे मापन गर्दा ५ लाख ३० हजार ९५ क्यूसेक पानीको चाप बढेको जनाइएकाे छ।