Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


विपद जोखिम नभएका जिल्लामा सार्वजनिक सेवा सुचारू गर्न गृह मन्त्रालयकाे निर्देशन


2.5k
Shares

काठमाडौं । गृह मन्त्रालयले विपद जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले आइतबार एक पत्र जारी गर्दै यस्ताे निर्देशन दिएको हो । देशैभरीका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै मन्त्रालयले सोही निर्देशन दिएको हो सरकारले यस अघि विपदको सम्भावित जोखिम कारण आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिएको थियो ।

विपद जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूले सार्वजनिक सेवा सुचारू गर्नु-गराउनु हुन निर्णयानुसार जारी पत्रमा अनुरोध गरिएकाे छ। तर, बाढी र पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुँदा दशैं मनाउन घर गएकाहरू कार्यस्थलमा फर्किन अझै समय लाग्ने देखिएको छ ।