Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


नारायणगढ-मुग्लिन राजमार्गमा सवारी साधन आवत-जावत गर्ने समय बढ्यो

राति ९ बजेसम्म बस चलाउन पाइने

1.4k
Shares

काठमाडाैं। जिल्ला प्रशासन कार्यालय चितवनले गत शुक्रबारदेखिकाे अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन राजमार्गमा हुने जोखिमलाई मध्यनजर गरेर साँझ ६ बजे भित्रिन र छोड्ने समय तोकेको समय बढाएर राति ९ बजे पुर्याएको छ।

प्रशासनले शनिबार रातिदेखि नै चितवनमा वर्षा रोकिएको र मनसुनको जोखिम कम हुँदै गएका कारण बढाएर राति ९ बजेसम्म समय पुर्याएको जनाएकाे हो । चितवन हुँदै काठमाडौं र पोखरा जाने र चितवनतर्फ भित्रिने सवारीको लागि ६ बजेको समय परिमार्जन गरि राति ९ बजेसम्म पुर्याएको छ।

राजमार्गको जोखिम भने कायमै रहेकोले चितवन छोड्ने र भित्रिने सवारी साधनलाई राति ९ बजेपछि भने होल्डिङ सेन्टरमा रोकिने जनाइएको हाे । आइतबार दिन खुलेसँगै वर्षाका कारण चितवनमा रोकिएका सवारी साधनलाई गन्तव्यमा पनि पठाइएको प्रशासनले जनाएको छ ।