
काठमाडाैं । महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ।
मलेसियाको क्वालालम्पुरमा आइतबार भएको खेलमा नेपाल मलेलियासँग १३ रनले पराजित भएको हो । योसँगै ५ खेलको शृङ्खलामा मलेसियाले नेपालसँग २–१ को अग्रता बनाएको छ । पहिलो खेलमा मलेसियाले ३ रनको जित हात पारेको थियो भने दोस्रो खेलमा नेपालले ६ विकेटको जित निकाल्दै सिरिज १–१ को बराबरीमा ल्याएको थियो ।
तेस्रो खेलमा मलेसियाले दिएको १ सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७ रन मात्र बनाउन सकेकाे थियाे । नेपालकी ओपनर रुबी पोद्दारले सर्वाधिक ३१ रन बनाएकी हुन् । कप्तान इन्दु बर्मा २२, ओपनर सम्झना खड्का १८ र कविता कुँवर १५ रनमा आउट भएकी छन् । मलेसियाका नुर दानिया र एलिसा फिरदौजले समान १ विकेट लिइन् ।
त्यसअघि क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले ४ विकेट गुमाउँदै १ सय २० रन बनाएको थियो । ओपनर आइन्ना हमिजाह हाशिमको सर्वाधिक ६१ रन बनाएकी हुन् । नेपालकी कविता कुँवर र कविता जोशीले समान २ विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्