Logo ३१ आश्विन २०८२, शुक्रबार | Sat Oct 18 2025


खोलाले बगाउँदा एक बालिकाको मृत्यु


234
Shares

उदयपुर ।

उदयपुरकाे त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी छिन् ।

शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा अम्बिका खोलाले बगाएको थियो । बालिकाको शवलाई प्रकृया पूरा गरी आफन्तको जिम्म लगाइएको छ ।

घट्नाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिनुभयो ।