
काठमाडौं । गृह मन्त्रालयले निजी हेलिकाेप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न वायु सेवा सञ्चालक संघलाई पत्रचार गरेको छ ।
मन्त्रालयले शनिबार वायु सेवा सञ्चालकलाई पत्राचार गर्दै निजी हेलिकाेप्टरलाई तत्काल प्रयोगको लागि तयारी अवस्थामा राखिदिन अनुरोध गरेको हो । लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी हेलिकाेप्टरलाई तयारी अवस्थामा राख्न मन्त्रालयको आग्रह छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संघबीच भएको सम्झौता बमोजिम भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापना गर्नका लागि हेलिकाेप्टरहरूलाई तयारी अवस्थामा राख्न गृहले आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्