Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


इन्ड्राइभ, पठाओ र याङ्गोमाथि जिल्ला प्रशासनको निगरानी

बढी भाडा असुल्ने विरूद्ध कडा कारबाही गर्ने चेतावनी

1.5k
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हालको मनसुनजन्य विपदकाे अवस्थामामा काठमाडौं उपत्यकाभित्र इन्ड्राइभ, पठाओ र याङ्गोलाई निगरानी गरेकाे छ।

प्रशासनले एक सुचना जारी गर्दै राइड सेयरिङ सेवाप्रदायकहरूले यात्रुहरूसँग अत्यधिक भाडा असुल गरेको गुनासो प्राप्त भएको जनाएकाे हाे । प्रशासनले यस्तो परिस्थितिमा अत्यावश्यक सेवाको नाममा ठगी गर्ने कार्य अस्वीकार्य हुने स्पष्ट गरेको छ।

प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाद्वारा हस्ताक्षरित सूचनामा कोही कसैले यसरी ठगी गरेको पाइएमा आवश्यक प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा पेश गर्न सम्बन्धित सबैलाई जारी सूचनामा अनुरोध गरिएको छ।

यसरी ठगी गर्ने व्यक्तिहरूलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने समेत प्रशासनले जनाएकाे छ।