Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


विभिन्न राजमार्गमा अलपत्र परेका यात्रुलाई खाद्यान्न उपलब्ध गराउन सरकारकाे निर्देशन


403
Shares

काठमाडौं । सरकारले विभिन्न राजमार्गमा परेको अविरल वर्षा र पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ ।

विपद जोखिम न्यूनकिरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय प्रशासनलाई खाद्यान्नको व्यवस्था मिलाउन निर्देशन दिइएको जनाएको हो ।आवश्यक पर्ने सबै खाद्यान्न व्यवस्थाका लागि सीडीओमार्फत स्थानीय प्रशासनमार्फत जानकारी गराउने निर्णय भएको छ।

अविरल परेको वर्षाका कारण देशैभरीको जनजीवन प्रभावित भएकाे हाे। देशका मुख्य राजमार्गहरू समेत अवरुद्ध भएका छन् ।