Logo १८ आश्विन २०८२, शनिबार | Sat Oct 4 2025


अविरल वर्षाकाे वितण्डा: काठमाडौं उपत्यकाका नदीमा पानीको बहाव बढ्याे

वर्षा अब पूर्वी क्षेत्रमा सर्ने भएका कारण सतर्कता अपनाउन विभागकाे आग्रह

3.6k
Shares

काठमाडाैं । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण कारण बागमती र विष्णुमतीसहितका नदीमा पानीको सतह बढ्न थालेको छ ।

शनिबार दिउँसो काठमाडौं उपत्यकाका नदीहरुमा पानीको स्तर बढ्दै गएको हो । अझै दुई दिनसम्म पनि पानी निरन्तर पर्ने भएकाले नदी छेउमा बसोबास गर्नेहरुलाई शतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । साथै लामो दूरीका यातायात बन्द गरेको हाे । तीन दिनसम्म लामो दूरीको यात्रा नगर्न सरकारले आम नागरिकहरुलाई आग्रह गरेको छ।

बारा, पर्सा, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा अत्याधिक वर्षा भइरहेको छ। वर्षा अब पूर्वी क्षेत्रमा सर्ने भएकाले पूर्वतिर शतर्कता अपनाउन आग्रह गरिएको छ ।