
काठमाडाैं । पाँचथरको कुम्मायक गाउँपालिका-३ को कात्तिकेमा भएको दुर्घटनामा परेका घाइतेको नेपाली सेनाले उद्धार गरेको छ ।
ताप्लेजुङबाट धरान जाँदै गरेको जीप शनिबार बिहान कात्तिकेमा दुर्घटना भएको थियो । साेही दुर्घटनामा परेका यात्रुहरूलाई स्थानीय बासीन्दा र अन्य सुरक्षा निकायको सहयोगमा नेपाली सेना वीर दल गणले उद्धार गरेको हो ।
दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा परी एक बालिकसहित ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकाे हाे।
प्रतिक्रिया दिनुहोस्