Logo १८ आश्विन २०८२, शनिबार | Sat Oct 4 2025


भाेलि र पर्सी सार्वजनिक बिदा दिने सरकारकाे निर्णय (सूचनासहित)


3.5k
Shares

काठमाडौं । सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ।

देशैभरी आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप २ दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएकाे हाे। सरकारी कार्यालयहरू आइतबारदेखि खुल्ने तय भएको थियो । तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको मन्त्रालयले शनिबार जारी गरेकाे सूचनामा भनिएकाे छ।

त्यस्तै, गृह मन्त्रालयमा देशभरका सीडीओहरूसँग सुरक्षाबारे छलफल भएको छ । त्यस्तै, उच्च जोखिमयुक्त बस्तीमा सुरक्षा संयन्त्रहरू परिचालन गर्ने निर्णय पनि भएको छ । नेपाली सेनाको हेलिकाेप्टर पनि आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णय भइरहेको पनि मन्त्रालयले जनाएको हाे ।