
काठमाडौं । नेपालमा गत जेठ १५ गते भित्रिएर असार ६ गते देशैभरी फैलिएको मनसुन केही समय ढिला गरी मात्रै बाहिरिने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिने सरदर यहि अटोबर २ तारिख अर्थात बिहीबार रहे पनि मनसुन उत्तरार्धमा पुगेकाे समयमा पुन: सक्रिय भएको जनाएकाे हाे। महाशाखाले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिन पनि केही समय ढिला हुने जनाएकाे छ।
महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण शुक्रबार दिउँसाेदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको छ।शनिबार र आइतबार बढी वर्षा हुने र सोमबारबाट भने क्रमशः सुधार हँदै जाने जनाइएकाे छ । त्यसपछि पश्चिम वायूको प्रभाव कसरी आउँछ र त्यसले मनसुन बाहिरिने कुराको निर्धारण गर्ने महाशाखाले जनाएकाे हाे ।
यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएकामा जेठ २९ गते मधेश, बागमती र गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म फेलिएको थियो । गत असार ६ गतेदेखि भने देशैभरी फैलिएको महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्