Logo १७ आश्विन २०८२, शुक्रबार | Fri Oct 3 2025


असोज २० गतेसम्म भारी वर्षाको सम्भावना, सबैलाई सतर्कता अपनाउन विभागकाे अनुराेध

राति यात्रा नगर्न सडक विभागकाे पनि आग्रह

767
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यहि असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएकाे छ।

जसका कारण सचेत रहन आम-नागरिकहरुलाई विभागले आग्रह गरेको हाे । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको छ। सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन समेत आह्वान गरेको छ ।

विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, वीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ र दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको हाे ।