Logo १६ आश्विन २०८२, बिहिबार | Thu Oct 2 2025


जेनजी आन्दोलन: शहीदका परिवारसँग प्रधानमन्त्री कार्कीको भेट


299
Shares

काठमाडाैं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाकाे आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्नुभएको छ ।

नेपालीहरुको महान पर्व बडा दशैंकाे अवसरमा बिहीबार जेनजी युवाकाे आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्नुभएको हो । यस वर्षको दशैंमा जेनजी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएकोहरुको शोकमा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वराजा कसैले पनि दशैंको टीका सर्वसाधारणलाई लगाइदिएका छैन ।

प्रधानमन्त्री कार्कीले भने दशैंमा ज्यान गुमाएका जेनजी शहीदका परिवारसँग भेट गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले बिहीबार दिउँसाे सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेटघाट गर्नुभएकाे छ।

प्रधानमन्त्री कार्की स्वर्गीय श्रेष्ठ, नगरकोटी र तामाङका शोकाकुल परिवारजनलाई भेट्न उनीहरूका परिवार रहेका स्थान क्रमशः काठमाडौं महानगरपालिका–१६ बनस्थली, नागार्जुन नगरपालिका–३ र कीर्तिपुर नगरपालिका–२ मैत्रीनगर पुगेर भेट्नुभएकाे हाे ।

जेनजी युवाकाे आन्दाेलनका क्रममा ७६ जनाकाे निधन भएकाे छ । साेही आन्दाेलनमा परी सयाैं घाइते भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।