
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार बडा दशैंकाे अवसरमा जेनजी युवाकाे आन्दोलनका क्रममा निधन भएका परिवारसँग भेटघाट गर्नुहुने भएकाे छ।
प्रधानमन्त्री कार्कीले दिउँसाे सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे । प्रधानमन्त्री कार्की स्वर्गीय श्रेष्ठ, नगरकोटी र तामाङका शोकाकुल परिवारजनलाई भेट्न उनीहरूका परिवार रहेका स्थान क्रमशः काठमाडौं महानगरपालिका–१६ बनस्थली, नागार्जुन नगरपालिका–३ र कीर्तिपुर नगरपालिका–२ मैत्रीनगर पुग्ने कार्यक्रम रहेकाे छ ।
जेनजी युवाकाे आन्दाेलनका क्रममा ७६ जनाकाे निधन भएकाे छ । साेही आन्दाेलनमा परी सयाैं घाइते भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्