
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीकाे शुभ साइत बिहीबार बिहान ११ बजेर ५३ मिनेटको शुभ साइतमा टीका र जमरा लगाउनुभएकाे छ ।
राष्ट्रपति पौडेलले पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालकाे हातबाट शुभ साइतमा टीका र जमरा लगाउनुभएकाे हाे । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ।
आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाइदिनुभएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्