Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


सन्दीप लामिछाने विश्वकप क्वालिफायर खेल्न ओमान प्रस्थान (विज्ञप्तिसहित)


13.6k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने ओमनमा हुने विश्वकप छनोटमा सहभागी हुनका लागि ओमान प्रस्थान गरेका छन् ।

नेपाली १६ सदस्यीय टाेलीसँगै लामिछाने पनि बुधबार ओमान प्रस्थान गरेका हुन् । वेष्ट इन्डिजविरुद्धको खेलमा लामिछाने निलम्बनमा परेको खुलेको छ। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बुधबार एक विज्ञप्ति जारी गर्दै लामिछाने निलम्बनमा परेको हुँदा अन्तिम दुई खेल खेल्न नपाएको जानकारी गराएका हुन् ।

पहिलो खेल शुरु हुनु भन्दा करिब ४५ मिनेट पहिले स्वयम लामिछानेले खेल नखेल्ने निर्णय गरेको विज्ञप्तिमा जानकारी गराइएको छ । टिम म्यानेजरको सिफारिसमा पहिलो खेलपछिका दुई खेल भन्दा अघि उनलाई निलम्बन गरिएको क्यानले प्रस्टीकरण दिएको छ ।