
काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित ५ जना पदाधिकारीहरूको सरकारले राहदानी रोक्का गरेकाेप्रति विरोध जनाएको छ ।
कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे विरोध जनाउनुभएकाे हाे । उहाँले दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न अन्तरिम सरकारलाई ध्यानाकर्षण समेत गराउनुभएकाे छ।
सरकारले गत भदौ २३ र २४ गतेको घटनाको सम्बन्धमा सरकारबाट गठित जाँचबुझ आयोगबाट राहदानी रोक्का र अनुमति नलिइ काठमाडौं उपत्यकाबाहिर जान नमिल्ने गरी सिफारिस गरेकाे थियाे । याेसँगै नेकपा एमाले र कांग्रेसले राहदानी रोक्काकाे विषयलाई लिएर विराेध जनाएका छन् ।
तर नेकपा माओवादी केन्द्रसहितका दलले भने यसकाे बारेमा कुनै प्रतिकृया दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्