Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


६ लाख बढी नागरिकले काठमाडौं उपत्यका छाडे


169
Shares

काठमाडाैं । दशैंको घटस्थापनादेखि नवमीका दिनसम्म ६ लाख ११ हजार ६ सय ५७ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यहि असोज ६ गते घटस्थापना शुरु भएको दिनदेखि बुधबारसम्म सोहि सङ्ख्यामा यात्रु विभिन्न नाकाबाट उपत्यकाबाट बाहिरिएकाे जनाएकाे हाे । त्यस्तै, पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३ सय ९६ जनाले उपत्यका छाडेका छन् ।

दशैं शुरु भएसँगै उपत्यका छाड्ने नागरिकको सङ्ख्या तीव्र रुपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३ सय २६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका कार्यालयले जनाएको हाे।उपत्यकामा ७७ हजार ५ सय ४५ सवारी साधनबाट ३ लाख १९ हजार १५ जना बुधबारसम्म भित्रिएका प्रहरीले बताएकाे छ।

विशेषगरी कोटेश्वर, कलंकी, बल्खु, नयाँ बसपार्क र जगती लगायतका नाकामा यात्रुको भीड देखिएको हाे ।