Logo १६ आश्विन २०८२, बिहिबार | Thu Oct 2 2025


जेनजी आन्दोलनः ७६ जनाकाे मृत्यु, ३८ घाइतेकाे उपचार जारी, २२ सय बढी डिस्चार्ज


507
Shares

काठमाडाैं । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी युवाकाे आन्दोलनका क्रममा २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरुबाट उपचार लिएको जनाएको छ ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले आन्दोलन गरेका थिए । जसमा देशैभरी विभिन्न स्थानमा झडप, तोड्फोड र आगजनी भएकाे थियाे । जसमा ७६ जनाकाे मृत्यु भएकाे छ। शुरुवातको समयमा देशैभरीका ८३ वटा अस्पतालले जेनजी आन्दोलनका घाइतेहरुको उपचार गरेको सरकारी तथ्यांक रहेकाे छ । सञ्चारकर्मीसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले घाइतेहरु मध्ये केहीको भर्ना भएर शल्यक्रिया गर्नुपरेको बताउनुभयो ।

केही सामान्य उपचार बसेको र केही अहिले पनि भर्नारत रहेकाे उहाँकाे भनाइ छ। अहिले पनि देशैभरीका विभिन्न १० वटा अस्पतालहरुमा जेनजी घाइतेहरु उपचाररत छन् । जेनजी आन्दोलनमा घाइते भएकाहरु मध्ये अस्पतालमा पुग्दा पुग्दै वा अस्पतालमा नै उपचार हुँदा-हुँदै मृत्यु भएको संख्या ४९ रहेको उहाँले बताउनुभयो । हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरु उपचाररत रहेको समेत उहाँकाे भनाइ छ ।

प्रवक्ता बुढाथोकीले २ हजार २ सय २९ जना डिस्चार्ज भएर घर फर्किसकेकाे र एम्बुलेन्समार्फत साेही समयमा अस्पताल पुग्ने घाइतेहरु करिब ९ सय ४७ जना रहेकाे बताउनुभयाे ।