Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


इन्डोनेसिया विद्यालय घटना अपडेट: मृत्यु हुनेकाे संख्या ९१ जना पुग्याे, दर्जनाैं घाइते


15.1k
Shares

एजेन्सी। इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक निजी विद्यालय भत्किंदा ९१ जनाको मृत्यु भएकाे छ।

अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको आशंका गरिएको हाे । उद्धार टोलीहरू बाँचेका व्यक्तिहरूको खोजीमा अहोरात्र खटिएकाे सुरक्षा निकायले जनाएकाे छ। स्थानीय प्रतिवेदन अनुसार उक्त विद्यालय सोमबार दिउँसो विद्यार्थीहरू प्रार्थनाका लागि भेला भएका समयमा एक्कासि भत्किएको थियो।

राष्ट्रिय विपद न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले एक विज्ञप्ति जारी गर्दै ‘विद्यार्थी उपस्थितिको विवरण अनुसार करिब ९१ जना अझै भवनको भग्नावशेषमुनि गाडिएको आशंका गरिएको बताउनुभएकाे छ । यसअघि प्रारम्भिक जानकारी अनुसार ३ जनाको मृत्यु भएको र ३८ जना बेपत्ता भएकाे पुष्टि भएको थियो । तर पछिल्लो विवरण अनुसार मृत्यु हुनेहरूको संख्या ठूलो मात्रामा बढेको छ ।

अधिकारीहरूले बुधबार पत्रकार सम्मेलनमा बेपत्ता हुनेहरूको सही संख्या अझै पुष्टि गर्ने प्रयास भइरहेको बताएका छन् । यसबीच, उद्धार टोलीले भग्नावशेषमुनि फसेकाहरूसम्म जीवनरक्षक आपूर्ति पुर्‍याउन विशेष ध्यान दिएको छ ।

राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीले अपरेसन प्रमुख एमी फ्रिजरका अनुसार ७ वटा क्षेत्रमा जीवनको संकेत पाइएको र त्यहाँ केन्द्रित भएर उद्धार भइरहेको जनाएकाे हाे ।