Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


इजरायली प्रधानमन्त्री नेतन्याहु गाजामा युद्ध अन्त्य गर्न सहमत: राष्ट्रपति ट्रम्प


2.4k
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले प्रस्ताव गरेको २०–बुँदे योजनामा सहमति जनाएकाे बताउनुभएको छ।

ट्रम्प प्रशासनले ह्वाइट हाउसमा भएको वार्तापछि यसकाे बारेमा जानकारी दिएको हो । मृत्यु र विनाशको अन्त्य गर्न आफू लागिपरेको दावी राष्ट्रपति ट्रम्पको छ । सम्पूर्ण क्षेत्रको लागि सुरक्षा, शान्ति र समृद्धिको नयाँ अध्याय शुरु गर्ने समय आएको उहाँले बताउनु भयो ।

उहाँले हमासलाई शान्ति प्रस्तावका सर्तहरू स्वीकार गर्न पनि आह्वान गर्नुभयो । यदि हमासले योजना स्वीकार गरेन भने संयुक्त राज्य अमेरिकाले इजरायललाई पूर्ण समर्थन प्रदान गर्ने समेत उहाँकाे तर्क छ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले योजनाको लागि समर्थन व्यक्त गर्नुभयो । नेतन्याहुले प्यालेस्टिनी प्राधिकरणले आमूल र वास्तविक रूपान्तरण बिना गाजाको भविष्यको शासनमा भूमिका खेल्न नसक्ने बताउनुभएकाे छ।

राष्ट्रपति ट्रम्पले यदि हमासले स्वीकार गर्यो भने योजनाले ७२ घण्टाभित्र बाँकी रहेका सबै वन्धकहरूलाई रिहा गर्न आवश्यक रहेको बताउनुभयो । कतार र इजिप्टले हमासलाई ह्वाइट हाउस योजनाको बारेमा जानकारी गराएका छन् ।