
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान पर्व बडा दशैं (विजया दशमी) को नवौं दिन नवकन्याहरुको पूजा गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार राष्ट्रपति पौडेलले महानवमीको शुभ अवसरमा नवकन्याहरुको पूजा गर्नुभएको हो । विजया दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौं दिन स्कन्दमाता, छैठाैं दिन कात्यायनी र सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।
विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २-३-४-५-६-७-८ र ९ वर्षकी कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दु धर्मशास्त्रमा वर्णित विधि अनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिएता पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकै पटक नवकन्याहरुलाई नवदुर्गाको प्रतिक मानेर पूजा गरिएको हो ।
साेही क्रममा राष्ट्रपति पौडेलले बुधबार महानवमीको दिन शीतल निवासमै नवकन्याहरुको पूजा गर्नुभएको छ ।





प्रतिक्रिया दिनुहोस्