Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


जेनजी आन्दोलनको असर पर्यटन क्षेत्रमाः खालि गुड्छन् पर्यटक बोक्ने बस


780
Shares

काठमाडाैं । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रालिका अध्यक्ष एनकुमार साईले जेजी युवाकाे आन्दोलनको असर पर्यटन क्षेत्रमा देखिएको बताउनुभएको छ।

उहाँले आन्तरिक पर्यटकहरु पनि जेनजी आन्दोलनको त्रासका कारण बाहिर ननिस्कएको ब ताउनुभएकाे हाे। बाह्य पर्यटकरु नेपालको अहिलेको परिस्थिति हेरेर र आगामी दिनमा के हुन्छ भन्ने पूर्वानुमान गर्न नसकेर धेरै नआएको उहाँकाे भनाइ छ । पर्यटन क्षेत्र जेनजी आन्दोलनसँगै सुस्ताएको उहाँले बताउनुभयाे ।

उहाँका अनुसार आन्दोलनअघि पृथ्वी राजमार्ग हुँदै दैनिक यात्रा गर्ने पर्यटकहरु १ सय भन्दा बढी हुने गरेपनि अहिले त्यो संख्या नहुँदा पर्यटक बोक्ने बसहरुले काम पाएका छैनन् । उहाँले तिहारपछि अझै ठूलो आन्दोलन हुने डरले मानिसहरु बाहिर ननिस्किएको बताउनुभयो । अध्यक्ष साईले यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउनुपर्ने कुरामा यातायात व्यवसायीहरु सचेत रहेको बताउनुभएकाे छ ।

चर्को भाडा नलिने र ओभरलोड नहुने कुराको ग्यारेन्टीसहित पृथ्वी राजमार्गमा सवारी-साधन चलाइरहेको उहााकाे भनाइ छ । काउण्टरमा गएर मात्रै टिकट काटिदिन यात्रुहरुसँग उहाँले आग्रह गर्नुभयो । अध्यक्ष साईले यात्रुहरुसँग विगतकै भाडादरमा भाडा लिइरहेको जानकारी गराउनुभएकाे छ।

यात्रुहरुसँग तोकिएको भाडादर भन्दा बढी लिएको पाइए कारबाही गर्ने उहाँले चेतावनी समेत दिनुभयो ।