
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले मंगलबार काठमाडौंको नक्शाल भगवतीमा पुगेर पूजा आराधना गर्नुभएको हो । पूजा आराधना र दर्शन गर्नुका साथै उहाँले टीका र प्रसाद ग्रहण समेत गर्नुभएको हो । दशैंका अवसरमा प्रत्येक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ ।
बडा दशैंको आठौं दिन मंगलबार मुलुकभरी माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्शाल भगवती, भद्रकाली, शोभा भगवती र संकटा आदि शक्तिपीठहरुमा पूजा -अर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो लागेकाे हाे ।
त्यसैगरी, राजधानी बाहिरका चर्चित शक्तिपीठमा पनि महागौरी भगवतीको पूजा-अर्चना गरेर महाष्टमी पर्व मनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्