
काठमाडाैं । नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो टी-२० क्रिकेट सिरिज अन्तर्गतकाे अन्तिम खेल मंगलबार हुने भएकाे छ ।
साेही खेल युएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा नेपाली समय अनुसार मंगलबार राति सवाँ ८ बजेदेखि शुरु हुने भएकाे हाे । लगातार दोस्रो जित हात पार्दै नेपालले तीन खेलको युनिटी कप टी–२०क्रिकेट शृंखला जितिसकेको छ । तेस्रो खेल जित्दै नेपाल श्रृंखलामा क्लिन-स्विप गर्न चाहन्छ ।
आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक टी-२० श्रृंखला खेलेको नेपालले उपाधि जितेर ऐतिहासिक सफलता हात पारिसकेको छ । पहिलो खेलमा वेष्ट इन्डिजलाई १९ रनले पराजित गर्दै नेपालले दोस्रो खेलमा साेमबार ९० रनको फराकिलो जित दर्ता गरेकाे थियाे ।
आईसीसीको एशाेसिएट देशले पूर्ण सदस्यमाथि हात पारेको यो अहिलेसम्मकै फराकिलो जित हो । मंगलबारको खेलमा पहिले व्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनाएकाे थियाे ।
जवाफमा १ सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७ ओभर एक बलमा ८३ रनमै समेटिउकाे थियाे।
प्रतिक्रिया दिनुहोस्