
काठमाडाैं । सबै प्रदेशमा मंगलबार दिउँसाे साधारणतया माैसमा बदली हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी-तराई र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ-गर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको हाे। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी-तराई भू-भागका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेकाे छ।
त्यस्तै, मंगलबार राति भने कोशी र बागमती प्रदेशमा साधारणतया बदली हुने भएकाे हाे । साथै बाँकी भू-भागमा भने आंशिक बदली रहने भएकाे हाे । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र बाँकी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
मंगलबार बिहान भने देशैभरी मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहेको थियाे।
प्रतिक्रिया दिनुहोस्