
एजेन्सी । भियतनाममा बुआलोई आँधीका कारण मृत्यु हुनेको संख्या ११ जना पुगेको छ।
साेही आँधीमा परी १३ जना अझै बेपत्ता हुन् । ३३ जना घाइते भएको स्थानीय दैनिक पत्रिका न्हान डान (पिपल) ले रिपोर्ट गरेको छ । आँधीले अधिकांश सार्वजनिक पूर्वाधार, घर र माछा मार्ने जहाजमा क्षति पुर्याएको छ । साथै उत्तरी र मध्य भियतनाममा विद्युत आपूर्ति अवरुद्ध भएको हाे ।
भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएकाे छ। उहाँले आँधीपछिको अवस्था र त्यसपछिको बाढीलाई तत्काल सम्बोधन गर्न अधिकारीहरूलाई आग्रह गर्नुभएको हाे ।
प्रतिक्रिया दिनुहोस्