
काठमाडाैं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, निर्वतमान परराष्ट्रमन्त्री आरजु देउवा राणा र आफन्तमाथि अनुसन्धान गरिरहेको छ ।
विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको सहयोग लिएर गत भदाै २४ गते सभापति देउवाको घरमा जलेको भनिएको पैसा र त्यसको स्रोतलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको जनाएकाे हाे। सभापति देउवाकाे घरमा जेनजी युवाले आगजनी गरेका थिए ।
साेही क्रममा सभापति देउवाकाे घरकाे एउटा काेठा ठूलाे परिमाणमा पैसा जलेकाे अवस्थामा भेटिएकाे थियाे । त्यस्तै, निवर्तमान ऊजा, जलस्राेत तथा सिंचाइ मन्त्री दीपक खड्काकाे घरमा पनि पैसा जेनजी युवाले आकाशमा उडाएका थिए ।
प्रतिक्रिया दिनुहोस्