
काठमाडाैं । बडादशैंको सातौं दिन साेमबार घर-घरमा फूलपाती भित्र्याइएकाे छ।
दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व साेमबार घर-घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतिकका रुपमा फूलपाती भित्र्याएर मनाइएको हाे । फूलपातीको अवसरमा नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले सोमबार फूलपाती हर्ष बढाइँ समारोह गरेको हो । साेही अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो ।
त्यस्तै, सेनाको हेलिकाेप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८२’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन समेत प्रस्तुत गरिएको थियो । त्यस्तै, इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ र मार्चपाससहितको बढाइँ गरिएको थियो । साेही समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र मन्त्रिगण लगायतका विशिष्ट व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।
बडादशैंको सप्तमी अर्थात फूलपातीका दिन सेनाले प्रत्येक वर्ष सैनिक मञ्च टुँडिखेलमा समारोहकाबीच फूलपाती बढाइँ गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्