Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


सरकारले अध्यक्ष ओलीको पासपोर्ट रोक्का गरेर प्रतिशोध साँधेको एमालेको आरोप


2.7k
Shares

काठमाडौं । नेकपा एमालेले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पासपोर्ट रोक्का गरेकोमा सरकारको निन्दा गरेको छ ।

सरकारले पूर्वप्रधानमन्त्री ओलीको पासपोर्ट रोक्का गरेर राजनीतिक प्रतिशोध साँधेको एमालेले निष्कर्ष निकालेकाे हाे ।एमालेकाे आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले दशैंको मुखमा पार्टी अध्यक्ष ओलीको पासपोर्ट रोक्का गरेको विषयलाई राजनीतिक प्रतिशोधको रूपमा मूल्याङ्कन गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयाे।

एमाले केन्द्रीय सचिवालय बैठकको निर्णय सुनाउँदै उपमहासचिव ज्ञावलीले अन्तरिम सरकार गठन भएपछि ठूला राजनीतिक दलसँग परामर्श नगर्नु पनि लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएकाे छ ।

Skip This